आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आम मतदातालाई आग्रह गर्नुभएको छ ।पाँचौ निर्वाचन दिवसका अवसरमा शुभकामना दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी बैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन दल तथा मतदातामा आग्रह गर्नुभएको हो ।निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता नैतिक एवम् कानुनी बन्धनका रुपमा रहने र सबै सरोकारवालाहरुका लागि बाध्यकारी हुने भएकाले त्यसको पुर्ण पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो । निर्वाचन, लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचनको वातावरण बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने थपलियाको भनाई छ ।बैशाख १७ गते पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ४० जिल्लामा हुने निर्वाचन तोकिएकै समयमा गर्न आयोग प्रतिबद्ध रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले उल्लेख गर्नुभएको छ । यसैबीच निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउदै………………………….

https://frontlinecheck.com/public/user/kathmandu

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here