आगामी निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान

२९ साउन, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् ।

frontline

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here