आगलागीमा परी भैँसेपाटीमा एक जनाको मृत्यु

सान्केतिक तस्बिर

७ माघ, ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा शनिबार आगो लागेर एक जनाको मृत्यु भएको छ । यहाँको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषमया अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए। 

frontline

यसैबीच प्रहरीले ललितपुरकै महाँकाल गाउँपालिका–१ टुङ्गुनस्थित विमिरे जङ्गलबाट भरूवा बन्दुक बरामद गरेको छ । उक्त जङ्गलमा बन्दुक पड्केको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here