आगलागीबाट दुई घर जले

सान्केतिक तस्बिर

१८ पुस, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुचीमा सोमबार दिउँसो आगलागीबाट दुई घर जलेको छ। 

मुर्कुचीका सत्रुधन थापाको गाई गोठमा अचानक आगलागी हुँदा गोठ, तथा गोठमा रहेको काठ, पराल जल्दा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

frontline

उक्त आगो नजिकै रहेको भरत थापाको इँटाले बनेको, टिनको छानो भएको दुई तले घरमा फैलिएको थियो। 

थापाको घर आंशिक रूपमा जलेको र घरमा रहेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, घरमा भण्डार गरी राखेको धसिग्रेको तेल गरी करिब ७५ लाख रुपैयाँको क्षति पुगेको छ। 

आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय, रौतामाई गाउँपालिका र  त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here