आकस्मिक समय मागेका तीन सांसदलाई सभामुखले ‘अर्को दिन’ भनेपछि…

लामो समयसम्म ढ्यापढ्याप गरेर समय लिने प्रक्रियालाई नयाँ बनाउँदै संघीय संसद्ले ०७९ चैतमा आकस्मिक समयको थप गरेको थियो ।

प्रतिनिधिसभा नियमावलीमा नै व्यवस्था हुनेगरी उक्त ढ्यापढ्यापे प्रक्रियालाई ‘आकस्मिक समय’ भने नामाकरण गरिएको छ ।

frontline

०७९ चैत २३ गतेबाट सुरु भएको आकस्मिक समयको यो प्रक्रियामा सांसदहरूले अघिल्लो प्रतिनिधिसभाको बैठक र बैठक बसेको दिनको बीचमा भएका महत्वपूर्ण घटनालाई उठाउन सक्ने व्यवस्था राखिएको छ ।

त्यसअघि भने प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो ।

सोमबार जारी प्रतिनिधिसभा बैठकमा पनि आकस्मिक समय छुट्टयाइएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी, रास्वपा सांसद सन्तोष परियार, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, कांग्रेस सांसद मोहनबहादुर बस्नेत, रास्वपा सांसद सुमना श्रेष्ठले आफ्ना कुरा राखे ।

तर, आकस्मिक समय माग गरेका तीनजना सांसदले समय पाएनन् ।

रास्वपा सांसद सोविता गौतम, राप्रपा सांसद ध्रुवबहादुर प्रधान र नेमकिपा सांसद प्रेम सुवालले आकस्मिक समय पाएनन् ।

उनीहरूले बैठक सुरु हुनासाथ उठेर आकस्मिक समय माग गरेका थिए ।

सभामुख घिमिरेले भने आफूले नाम बोलाएर समय दिने बताउँदै बैठक अघि बढाएका थिए ।

सोही आग्रह अनुसार तीनै सांसदहरू आसनमा बसे । उनीहरू आकस्मिक समयका लागि कुरिरहेका थिए ।

यद्यपि आकस्मिक समय सकाएर सभामुख देवराज घिमिरेले शून्य समयको कार्यक्रममा प्रवेश गर्ने बेलासम्म पनि उनीहरूको नाम बोलाएनन् ।

त्यसपछि उनीहरू फेरि उठे ।

उनीहरूले आकस्मिक समयमा बोल्नुका लागि समय मागे गरे । तर, सभामुख घिमिरेले आजका लागि आकस्मिक समय सकिएको भन्दै अर्को दिन बोल्नुपर्ने बताए ।

तर, सांसद प्रधान र गौतमले उठेर आफूहरूले बोल्न पाउनुपर्ने बताए ।

‘अहिले निर्धारण भएका माननीय ज्यूहरूले बोल्नुभएको छ । बाँकी भएकाहरूले भोलि भोलि मिलाएर बोल्दै जाने सूचना म जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने ।

अवरोधकाबीच सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here