आकस्मिक रक्तदान कार्यक्रम आयोजना
काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव कम हुन नदिन कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न तारकेश्वर नगरपालिकामा जेठ २५ गते देखि नगरपलिका को ११ ओटै वडा मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
आज तारकेश्वर नगरपालिका वडा नं. ३ काे संयाेजनमा जय इन्द्रायणी साकाेस फुटुङ्ग र ब्लड डाेनर एसाेसिएसन नेपाल (ब्लाेदान) तारकेश्वर नगर समितीकाे सहयाेगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे| हाल सम्म तारकेश्वरनगरपालिकाको वडा ११,१०,८,५, २र ३ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तदान कार्यक्रम उप संयोजक ध्रुव राज खड्का ले जानकारि दिएका छन्| तारकेश्वर नगरपालिकाको वडामा भएको रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका उप संयोजक खड्काले जानकारी दिए।
लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो। कार्यक्रममा तारकेश्वर नगरपालिकाको उप_ मेयर भवानी डोटेल भानु तारकेश्वर नगरपालिका वडा अध्यक्ष ले लकडाउनको सीमा क्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्य मा सहभागी हुन अनुरोध गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए।
कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए। रक्तदान कार्यक्रममा उप_मेयर भवानीडोटेल भानु वडाध्यक्षलगाएत स्थानीय नेता, कार्यकर्ताको समेत उपस्थिति थियो| सबै वडा बाट हालसम्म ३१८ जनाले रक्तदान गरेका छन| जम्मा गरीएको रक्त लाई हिमाल ब्लड ट्रान्स फूक्सन सेवालाई प्रदान् गरीएको छ|
प्रतिक्रिया दिनुहोस्