आईसीसी ट्वान्टी-२० : गुलशन झा नेपाली क्रिकेट टोलीबाट डेब्यू गर्दै

७ फागुन, काठमाडौं । युवा बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट आईसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा डेब्यू गर्ने भएका छन् ।

आईसीसी ट्वान्टी-२०विश्वकप छनोट ‘ए’मा फिलिपिन्सविरुद्धको खेलमा डेब्यू गर्न लागेका हुन् । मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीमा फिलिपिन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

frontline

नेपालले ओमानविरूद्ध खेकेको टोलीमा विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ ।

उनीहरूको स्थानमा गुलशन झा र कुशल मल्लले टोलीमा स्थान बनाएका छन् । डेब्यू गर्न लागेका गुलशनले बलिङसँगै ब्याटिङ पनि गर्छन् ।

बलिङ अलराउन्डर करण केसी ब्याक इन्जुरीको कारण विश्वकप छनोट गुमाउने भएपछि उनको स्थान गुलशनले लिएका हुन् । कमलसिंह ऐरीको स्थानमा नेपालले गुलशनलाई डेब्यू गराएको हो ।

नेपाली टीम:- सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here