आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्दै

२४ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदै छ । आज बेलुका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा हुने खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।




सुरुवाती खेलमा शानदार जित निकालेको हैदराबाद त्यसपछि लगातार तीन खेलमा पराजित भएको छ । आज उक्त हारको शृंखला तोड्ने लक्ष्यमा हैदराबाद हुनेछ ।
यता गुजरात भने सुरुवाती खेलमा पराजित भएपछि लगातार २ जित निकालेको छ र त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
४ खेलमा २ अंक भएको हैदराबाद अंकतालिकामा पुछारमा छ भने ३ खेलमा ४ अंक भएको गुजरात तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्