आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकाता खेल्दै

१८ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आज आमनेसामने हुँदै छन् ।

खेल मुम्बईको घरेलु मैदान वाङ्खेडे स्टेडियममा बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने कोलकाताको कप्तानमा अजिन्क्या रहाने छन् ।

frontline

मुम्बई अहिलेसम्म खेलेका दुवै खेलमा पराजित भएको छ । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पराजित भएको मुम्बई दोस्रो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

यता कोलकाताले भने २ खेल खेल्दा १ जित निकालेको छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलसँग पराजित भएको कोलकाताले दोस्रो खेलमा राजस्थान रोयल्सलाई हराएको थियो ।

मुम्बई घरेलु मैदानमा यस सिजन पहिलो खेल खेल्दै छ यद्यपी शनिबार खेलेपछि एक दिनको ग्याप मात्र पाएको थियो । कोलकाता भने लामो ग्यापपछि आउँदै छ ।

दुई टोलीबीच हालसम्म भएका खेलमा मुम्बईले २३ खेल जित्दा कोलकाताले ११ खेल जितेको छ । पछिल्ला ६ मध्ये ५ खेल कोलकाताले जितेको छ । गत सिजन १२ वर्षको खडेरी तोड्दै मुम्बईकै मैदानमा कोलकाताले जितेको थियो ।

विशेषगरी लगातार दुई हार बेहोरेको मुम्बई आज पहिलो जितको खोजीमा हुन्छ भने दोस्रो खेल जितेको लय कोलकाताले कायमै राख्न चाहनेछ ।

आईपीएल क्रिकेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here