आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

बैङ्गलोरस्थित एम चिन्नास्वामी स्ट्डियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

frontline

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरले हालसम्म ३ खेलमध्ये १ मा मात्रै जित हात पारेको छ र उ अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

केएल राहुलको कप्तानीमा रहेको लखनउले हालसम्म २ खेल खेलेकोमा एकमा जित हात पार्दै अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ।

आजको खेलमा जित हात पार्दै दुबै टोली आफ्नो अङ्क तालिका सुधार गर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here