आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टद्वारा विशेष साधारणसभा आह्वान
काठमाडौं। बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश वितरण प्रस्ताव पेश हुने छ ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ ।
प्रस्तावित (६५ करोड बराबरको बोनस ) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ । सभामा कम्पनीको जारि तथा चुक्ता पुंजी मिलान गरि संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलान गर्ने , प्रबन्धकापत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।
कम्पनीले यस अघि ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको थियो ।
अब भने कम्पनीले बोनस बाट नै पुंजी बढाउन लागेकोले आईपिओमा आउने शेयर संख्या बढ्न सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्