आइस्पानद्वारा प्राधिकरण भरतपुर केन्द्रका कर्मचारी विरुद्ध उजुरी

आइतबार, भरतपुर ।  इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरु विरुद्ध उजुरी दिएका छन्।

 प्राधिकरणका कर्मचारीहरुले दूरसञ्चार उपकरण फिर्ता नदिएको भन्दै उनीहरुले उजुरी दिएका हुन्। 

frontline

कर्मचारीहरुले दूरसञ्चार उपकरण लुटेको आरोप लगाउँदै आइस्पानले विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौंमा उजुरी गरेको हो।

त्यस्तै गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशानसन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा उजुरी दिएको आइस्पानले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

कर्मचारीहरुले दूरसञ्चार उपकरण चार दिनसम्म पनि फिर्ता नगर्दा उपभोक्ताहरु मारमा परेकाले उनीहरुलाई कारबाहिको माग गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here