आँबुखैरेनी २ खानिखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध

श्रोत : ईन्टरनेट

३ पुस, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।

आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

frontline

सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।

‘सडकमा ठूलो खाल्डो परेको छ। पृथ्वीराजमार्ग अवरूद्ध छ,’ उनले भने, ‘खुलाउने प्रयास भइरहेको छ, अहिले स(साना गाडीहरू पास भइरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here