अहिले प्रयोग भइरहेका खोप ओमिक्रोनविरुद्ध समेत काम गर्छ : डब्लूएचओ

२२ मंसिर, बेलायत ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ ।

डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका खोपले काम गर्ने बताएका हुन् ।

frontline

डब्लूएचओका चिकित्सक माइक रायनले अहिले प्रयोग भएका खोपहरुले ओमिक्रोन भाइरसबाट संक्रमित हुनेहरुका लागि समेत प्रभावकारी हुने बताए ।

उनले अहिले प्रयोग भएका खोपहरु अत्याधिक प्रभावकारी भएको जसले ओमिक्रोन भाइरस विरुद्द समेत काम गर्ने बताए ।

खोपको मात्रा पूरा गरेकाहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएपनि उनीहरु गम्भीर बिरामी नपर्ने उनले रोयर्टसलाई बताएका छन् ।

ओमिक्रोन डेल्टा वा अन्य भाइरसको तुलनामा कमजोर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here