अहमदबादमा निर्माणाधीन भवनको लिफ्ट चुँडिदा सात जनाको मृत्यु, एक जना घाइते
३० भदौ, काठमाडौँ । भारतको अहमदबादमा एक निर्माणाधीन भवनको लिफ्ट चुँडिदा दुर्घटना सात जनाको मृत्यु भएको छ ।
गुजरात युनिभर्सिटी नजिकै भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।
भवनको नवौं तलामा निर्माण सामग्री ओसारिरहेकै बेला लिफ्ट चुँडेको हो ।
नवौं तलाबाट झरिरहेको लिफ्ट सातौं तलामा पुग्नासाथ चुँडिएर खस्दा लिफ्टमा सवार ७ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् ।
घाइतेको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्