अस्मिता आले बेलायतको टोटेनह्याम फुटबल क्लबमा आबद्ध

श्रोत : ईन्टरनेट

आइतबार, काठमाडौं । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्ने भएकी छन्।

उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन्।

frontline

यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्।

वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन्।

आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल्स’ का लागि सन् २०१९ मा स्टकटल्यान्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत  भएकी थिइन्।

आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुसीको कुरा रहेको र उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ।

छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here