अस्पताल भवन निर्माणमा खटिएका मजदुरको करेन्ट लागेर मृत्यु, मेहेलकुना बजार तनावग्रस्त

श्रोत : ईन्टरनेट

२६ असार, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पताल भवन निर्माणमा खटिएका एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि मेहेलकुना बजार तनावग्रस्त बनेको छ । 

काम गर्नेक्रममा शनिबार गुर्भाकोट नगरपालिका ६ का १७ वर्षीय विजय विकको मृत्यु भएको थियो । विजयको मृत्यु भएसँगै आइतबार आफन्त तथा स्थानीयहरूले मेहलकुना बजारमा विरोध पदर्शन गरिरहेका छन् ।

frontline

सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएर स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । उचित क्षतीपूर्तिको माग स्थानीयको छ । 

सुनारले भने, ‘मेहलकुना अस्पतामा नयाँ बन्दै गरेको भवनमा काम गर्दै गर्दा करेन्ट लागेर उहाँको मृत्यु भएको हो, हाल नगर प्रमुख, उपप्रमुख, अस्पताल प्रशासन र आफन्तहरूबीच सहमतिका लागि छलफल चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here