अस्पतालमा आगलागी हुँदा १० कोभिड बिरामीको मृत्यु, अन्य सात घाइते
२० कार्तिक, अहमदनगर : भारतको महाराष्ट्र राज्यस्थित अहमदनगर सिभिल अस्पतालको सघन कक्षमा आगलागी हुँदा १० जना कोभिडका बिरामीको मृत्यु भएको छ। अन्य सात जना बिरामी घाइते भएका छन्।
सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जना खतरामुक्त रहेको टाइम्स अफ इन्डियामा समाचार छ। अस्पतालको पहिलो र दोस्रो तत्लामा आगलागी भएको थियो। अस्पतालको पहिलो तल्लामा १७ जना कोभिडका बिरामी उपचारत थिए।
विद्युत शट भई अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अगलागीको कारणबारे थप अनुसन्धन भइरहेको एनडीटीभीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्