अस्थिरता मच्चाउने तत्वहरूले सरकार परिवर्तन हुन्छ भनेर हल्ला चलाएका छन् : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भनेर चलाइएको हल्ला अर्थहीन भएको बताएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता मच्चाउने तत्वहरूले सरकार परिवर्तन हुन्छ भनेर हल्ला चलाएको बताए ।

frontline

सरकार परिवर्तन हुन्छ भनेर चलाएको हल्लाको पछि नलाग्न उनले आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

poster-here