अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सीमा नाका पुन: खुला गर्ने

२५ माघ, सिड्नी (एएफपी)  । अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सीमा नाका फेरि खुला गर्ने भएको छ।

यही फेब्रुअरी २१ देखि विदेशी पर्यटकलाई प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन्।

frontline

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकलाई प्रवेश निषेध थियो। अस्ट्रेलियाले अब प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो।

अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको देशमा पर्छ।

‘झन्डै दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो’, प्रधानमन्त्री मोरिसनले भने। राष्ट्रिय सुरक्षासम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेशाज्ञा पाएकाहरूलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए। ‘

यदि तपाईंहरू कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईंलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्छौं’, उनले भने। 

प्रधानमन्त्री मोरिसनले कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले सान् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरू आउन नदिने निर्णय गरिएको बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here