अस्ट्रेलियन सरकारद्वारा समस्यामा परेका विद्यार्थी लाई सहयोग गर्दै

सोमबार, अस्ट्रेलिया । पछिल्लो समय अस्ट्रेलियामा कोरोना भाइरस पुनः तीब्र रूपमा फैलिएको छ।

पहिलो कोरोनाकालमा विश्वमै सुरक्षित मुलुक अस्ट्रेलियालाई हाल कोरोनाको नयाँ भेरियन्टलेले समस्यामा पारेको छ ।

frontline

अधिकतम् सावधानी अपनाउँदा पनि डेल्टा भाइरसको प्रकोप सिंगो अष्ट्रेलियामा फैलियो।

यसको प्रभाव न्यूनीकरणका लागि न्यु साउथवेल्स, भिक्टोरिया र क्वीन्सल्यान्डलगायतका राज्यले लकडाउन समेत गरे।

सजिलै र तीब्र गतिमा सर्ने यो डेल्टाका कारण न्युसाउथवेल्समा एक दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

यो सँगै नयाँ भेरियन्टका कारण मात्र अष्ट्रेलियामा ८५  जनाले ज्यान गुमाएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

अस्ट्रेलियाको ब्यस्त शहर सिड्नी वरपर लकडाउन भएको महिना दिन पुगिसकेको छ।

अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्यनरत छन्।

तर लकडाउन र कोरोनाका कारण सधै मारमा पर्ने विध्यार्थीलाई यस पटक राज्यले राहत दिने भएको छ।

पछिल्लो डेढ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेशमा रोक लगाएपछि कामदारको अभाव भोग्दै आएका विद्यार्थीले मनग्गे काम पाएका छन्।

यसैबीच सरकारले सेन्ट्रललीङ्कमार्फत काम गुमाएका र समस्यामा परेका विद्यार्थीलाई पनि आवश्यक राहत प्रदान गरिरहेको छ। 

विद्यार्थीलाई कामको प्राथमिकता र कोरोनाको प्रभाव हेरेर सरकारले हप्ताको पाँच सय डलरदेखि सात सय पचास डलरसम्म राज्यले दिइरहेको नेपाली विद्यार्थी राज्यलक्ष्मी शाहले  बताइन्।

‘कोरोनाको कारण जागिर गुमाएको अवस्थामा विद्यार्थीको बिचल्ली हुन्थ्यो, मंहगो फी र कोठा भाडाले सताउने गर्थ्यो तर अहिले अस्ट्रेलियन सरकारले यहाँको जनतासरह सुविधा दिएको छ, यो स्वागत योग्य छ’, एसफील्डमा बस्दै आएकी राज्यलक्ष्मीले भनिन्। 

यसअघि पछिल्लो पटक अस्ट्रेलियन सरकारले विद्यार्थी तथा अस्थायी भिसाबाहकलाई कुनै सुविधा प्रदान गरेको थिएन।

त्यतिमात्र होइन प्रधानमन्त्री स्कट मोरिसन सरकारले त्यतिबेला स्वदेश फर्कन समेत सल्लाह दिएको थियो।

त्यतिबेलाको सम्झना गर्दै नेपाली विद्यार्थी रिकेस कटवाल भन्छन्, ‘निकै साह्रोगाह्रो गरेर भए पनि कटाइयो त्यति बेलाको लकडाउन।

यतिबेला भने काम पनि पाइएको छ र काम गएका साथीलाई पनि राज्यले ठूलो भरथेग गरेको छ।’

पछिल्लो पटक एक सपिङ सेन्टरमा गएका कारण आइसोलेसनमा परेका कटुवाललाई त्यतिबेला पनि सहयोग प्राप्त गर्दा निकै खुसी छन्।

‘साच्चिक्कै हामीले उच्च अध्ययन गर्न अस्ट्रेलिया आएकोमा गर्व लागेको छ, किनभने राज्यले हामीलाई पनि यहाँको नागरिक सरहको सहयोग उपलब्ध गराएको छ, जुन विद्यार्थीका लागि ठूलो कुरा हो’,, हेटौंडाका कटवालले भने।

अस्ट्रेलिया पढाइ र बसाइका लागि मात्र हैन, सम्भावनाको महत्वपूर्ण स्थान पनि हो भन्ने कुरा अहिलेको अवस्थाले चित्रण गरेको राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले बताए।

‘हामीले यसअघिका केही नकारात्मक कुरालाई मात्र बढाइ चढाइ गर्‍यौं। तर यहाँ आएर सम्भावना र सफलताका बाटो कोरेका हजारौं नेपालीको बारेमा भने केही कुरा अगाडि ल्याउन सकेका छैनौ’, भट्टराइले भने, ‘यहाँ सम्भावनाको हजार ढोका छन् त्यसैले अस्ट्रेलिया नेपाली विद्यार्थीको लागि महत्वपूर्ण थलो हो।’

पहिलो पटक काम गुमाएका कारण सरकारी सहयोग पाएका असिम बस्नेत राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको प्राथमिकता साच्चिकै स्वागतयोग्य रहेको असिमले बताए।

‘हामीले सोचेका पनि थिएनौं, यसरी राज्यले काम गरे सरहको सुविधा दिन्छ भनेर। तर हामीले कर तिरेको आज निकै खुसी महसुस भइरहेको छ’, असिमले सुनाए। 

‘जे होस् यस पटकको कोरोनाको त्रास अनि महँगो फी अनि काम कोठाको उठिबासबाट भने अन्तर्राष्ट्रिय विद्यार्थीले निकै ठूलो राहत प्राप्त गरेका छन्। जसका लागि अस्ट्रेलिया सरकारलाई धन्यवाद दिनै पर्छ,’ उनले भने।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here