असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

२१ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ ।

असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ ।

frontline

असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ मिचेर राखिएका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, लत्ता कपडा, खेलौना आदि लगायत सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको छ । अटेर लगाएमा प्रहरीले ती पसल जफत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here