असई कुन्जाङले चढिन् सगरमाथा

आज सोमबार बिहान ८ः५६ बजे कुन्जाङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङले ५ जेठमा सगरमाथाको आरोहण गरेकी छन्।
- शेर्पाले आरोहणको क्रममा नेपालको राष्ट्रिय झन्डा र लैंगिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराएकी थिइन्।
- प्रहरी महानिरीक्षक दिपक थापाबाट प्राप्त निर्देशन र शुभकामनासहित २८ चैतमा आरोहण दल काठमाडौंबाट प्रस्थान गरेको थियो।
५ जेठ, काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् ।
आज सोमबार बिहान ८ः५६ बजे उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् ।
आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन् ।
प्रहरी महानिरीक्षक दिपक थापाबाट गत २५ चैतमा आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी असई शेर्पासहितको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो ।
यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २ जेठ २०८० मा सगरमाथा आरोहण गरेका थिए ।
नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्