अष्ट्रेलियाले पनि बहिष्कार गर्‍यो बेइजिङ ओलम्पिक

२२ मंसिर, काठमाडौं । चीनको बेइजिङमा सन् २०२२ को फेब्रुअरीमा हुने विन्टर ओलम्पिक खेलकुदको कुटनीतिक बहिष्कार गर्नेमा अष्ट्रेलिया पनि थपिएको छ । अमेरिकाले बेइजिङ विन्टर ओलम्पिकको कुटनीतिक बहिष्कार गरेको अर्को दिन अष्ट्रेलिया पनि थपिएको हो । 

बुधबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चीनको सिनजियाङ प्रान्तमा ‘मानवअधिकार हनन र अष्ट्रेलियाले निरन्तर उठाएका अन्य धेरै मुद्दाहरूको प्रतिक्रिया’ मा यस्तो निर्णय लिएको बताएका छन् । तर खेलाडीहरु भने ओलम्पिकमा सहभागी हुने छन् ।

frontline

चीनमा मानवअधिकार हननका मुद्दाहरूको विषयलाई लिएर ओलम्पिकका क्रममा बेइजिङमा कुटनीतिज्ञहरू नपठाउने बताउँदै कुटनीतिक बहिष्कार गरेको थियो । यद्यपि, अमेरिकी खेलाडीहरू जाने छन् र पूर्ण सरकारी समर्थन रहने छ । 

हालैमात्र चिनियाँ टेनिस स्टार पेंग शुईले चीनका पूर्व शीर्ष नेतामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि शुई सम्पर्कविहीन भएकी छिन् ।

यो विषयलाई लिएरसमेत विश्वभर चीनको आलोचना भइरहेको छ ।

तर चीनले मानव अधिकार हनन र अन्य मुद्दाहरुको आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here