अष्ट्रेलियाको तापक्रम वर्षमा एकैपटक दशकयताकै तातो र चिसो

२६ माघ, सिड्नी । अष्ट्रेलियाको तापक्रम एक वर्षमा एकैपटक दशकयताकै तातो र चिसो भएको छ। सन् २०२१ मा अष्ट्रेलियाको तापक्रम दशकयताकै चिसो र तातो मापन भएको हो। 

मंगलबार मौसमसम्बन्धी वार्षिक विवरण सार्वजनिक गर्दै अष्ट्रेलियाको मौसम विज्ञान ब्युरोले सो जानकारी दिएको हो।

frontline

हावापानी र मौसम अवस्थाको लागि सन् २०२१ सबैभन्दा विपरित वर्ष भएको सो ब्युरोले जनाएको छ। 

सन् २०२१ मा अष्ट्रेलियाको हावापानी र मौसममा निकै उतारचढाव देखा परेको मौसम ब्युरोद्वारा जारी रिपोर्टमा उल्लेख छ।

रिपोर्टका अनुसार अष्ट्रेलियामा गएको वर्ष ०.५६ डिग्रि सेल्सियसले तापक्रम वृद्धि भएको थियो भने गएकै वर्ष सन् २०१२ यताकै चिसो वर्षको रुपमा पनि मापन भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here