अष्ट्रेलियाको तापक्रम अहिलेसम्मकै उच्च, ५०.७ डिग्री सेल्सियस

१ माघ, क्यानबेरा ।  अष्ट्रेलियामा सबैभन्दा तातो दिन मापन भएको छ। अष्ट्रेलियाको तटीय सहरको तापक्रम बिहीबार ५०.७ डिग्री सेल्सियस पुगेसँगै त्यहाँ हालसम्मकै तातो दिन मापन भएको हो।

पश्चिमी अष्ट्रलियाको तटीय सहर अन्स्लोमा ५०.७ डिग्री सेल्सियस पुगेको हो। जुन सन् १९६२ मा गरिएको तापक्रम मापन नजिक पुगेको त्यहाँको मौसम विभागले जनाएको छ।

frontline

त्यहाँको तापक्रम शुक्रबारदेखि कम हुने अनुमान गरिएको छ। पश्चिमी अष्ट्रेलियाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण तापक्रम बढेको हुनसक्ने अनुमान गरिएको छ।

अन्य समयमा अनस्लोको औसत तापक्रम ३६.५ सेल्सियस हुने गरेको त्यहाँको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here