अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

फ्रन्टलाइन राजनीति । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताउनुभयो । उहाँले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेको जानकारी आफूलाई गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here