अष्ट्रियामा छुट्टाछुट्टै हिमपहिरोमा परी ८ जनाको मृत्यु

२४ माघ, सिड्नी । अष्ट्रियामा गएको छुट्टाछुट्टै हिमपहिरोमा परी ८ जनाको मृत्यु भएको छ। शनिबार र शुक्रबार गएको छुट्टाछुट्टै हिमपहिरोमा परी सातजना स्की खेलाडीसहित ८ जनाको मृत्यु भएको हो।

स्विजरल्याण्डसँग सीमाना जोडिएको टाइरोल राज्यको शहर स्पिसनजिकैको अष्ट्रियन पर्वतमा शुक्रबार साँझ हिमपहिरो गएको थियो।

frontline

सो हिमपहिरोमा परी एकजना स्की गाइड र अन्य ६ जना स्की खेलाडीको ज्यान गएको थियो। त्यसको भोलिपल्ट शनिबार सोही राज्यको सेमिर्नमा गएको हिमपहिरो परी थप एक स्थानीयको मृत्यु भएको हो।

तातो हावापछि एक्कासी सो क्षेत्रमा भारी हिमपात हुँदा हिमपहिरो गएको बताइएको छ। असामान्यरुपमा आएको हिमपहिरोले ठूलो क्षति व्यवहोर्नुपरेको त्यहाँको स्थानीय सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here