अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री

बिहीबार, मकवानपुर । नेकपा एमालकीे नेत्री अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छन् ।

बुधबार शाक्यले बाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

frontline

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि बसेको एमाले बाग्मती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा शाक्य संविधानको धारा १६८ (१) अनुसार बहुमतको आधारमा नियुक्त भएकी हुन् ।

मुख्यमन्त्री शाक्यले बिहीबार नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको बताइएको छ ।

नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो सहज बनेको थियो ।

मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरूलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका थिए । मन्त्रिपरिषद्को बैठकपश्चात् मन्त्रालयगत सचिवहरूसँग भेटेर उनले बिदा लिएको र धन्यवाद दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बताए ।

मुख्यमन्त्री शाक्यले बुधबार नै प्रदेशको आन्तरिक मामिला कानुन तथा भौतिक योजनामन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी छन् ।

बाग्मती प्रदेशमा नयाँ सरकार

केन्द्रीय राजनीतिमा नेकपा एमाले विभाजन भएसँगै बाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको हो । बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयंले नेत्री शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बहुमतले पारित गर्दै नेत्री शाक्यलाई संसदीय दलको नेता चयन गरी प्रदेशसभा सचिवालयमा परिवर्तनको सूचनासमेत पठाएको प्रमुख सचेतक दीपक निरौलाले बताए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै माधव पक्षले ‘नेकपा एमाले समाजवादी’ दर्ता गरेपछि शाक्यलगायत एमालेका दोस्रो तहका दर्जन नेताहरूले माधव नेपालको साथ छाडेका छन् ।

एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो ।

यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसद्हरूले माग गर्दै आएका थिए । बाग्मती प्रदेशमा कुल १ सय १० जनामध्ये १ सय ९ जना सांसद रहेकामा सरकार गठन गर्न ५६ जना सांसद चाहिन्छ । नेकपा एमालेको ५६ जना सांसद रहेका छन् ।

जसमध्ये केपी ओली पक्षका ३४ जना र माधव नेपाल पक्षका २२ जना सांसद रहेका छन् । शाक्यलाई दलको नेता चयन गर्न बसेको बुधबारको बैठकमा भने ४९ जना मात्रै सांसदको उपस्थिति रहेको थियो भने बाँकी सात जना अनुपस्थित थिए ।

यद्यपि, माधव पक्षका अर्का प्रभावशाली नेता एवं बाग्मती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे माधव नेपालले दर्ता गरेको नयाँ दलको केन्द्रीय सदस्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here