अशक्त नागरिकलाई बाख्रा – तादी गाउँपालिका , नुवाकोट
तादी गाउँपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाले शारीरिक रुपमा अशक्त भएका नागरिकको जीविकोपार्जनमा सहज बनाउने उदेश्यले बाख्रा वितरण गरेको हो ।
गाउँपालिकाको अनुसार बाख्रा वितरण गर्नका लागि ग वर्गका अपांगलाई तालिम दिएको थियो । तालिम दिएसँगै पालिकाले बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।
गाउँपालिकाले ४२ जना अशक्त नागरिकलाई बाख्रा वितरण गरेको छ । बाख्रा पालनबाट स्थानीय आर्थिक तथा मासु उत्पादन गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्