अवैध रुपमा ढल निकासी गर्ने एक बेलायती कम्पनीलाई १५ लाख युरो जरिवाना

२४ मंसिर, लण्डन  । अवैधरुपमा ढल निकासी गर्ने एक बेलायती कम्पनीले झन्डै ४ वर्षपछि जरिवानास्वरुप १५ लाख युरो तिर्नु परेको छ । खानेपानी कम्पनी सेभर्न ट्रेन्टले दुई महिनामा अवैधरुपमा ढल निकासी गर्दा सो रकम जरिवाना तिर्नु परेको हो ।

बेलायतको किन्डरमिन्स्टर मजिस्ट्रेट अदालतले सो कम्पनीलाई १५ लाख युरो जरिवाना सुनाएको हो । गार्जियनकाअनुसार वर्सेस्टरसायरमा अवस्थित सेभर्न ट्रेन्टले करिब ३६० लिटर कच्चा पानी र ढल अवैध रुपमा निकासी गरेको थियो ।

frontline

सो ढल निकासी अव्यवस्थित बनेकोले अन्य पानी प्रशोधन प्लान्टले समेत क्षति व्यहोर्नु परेको भन्दै सो कम्पनीविरुद्ध अदालतसमक्ष मुद्धा चलिरहेको थियो । सो मुद्धामा सेभर्न ट्रेन्ट यसअघि नै दोषी ठहरिएको थियो ।

सन् २०१८ फेब्रुअरी र अगष्टमा सो कम्पनीले आफ्नो वेस्टवाटर ट्रिटमेन्ट प्लान्टस (खेर गएको पानी शुद्धिकरण) बाट अवैधरुपमा ढल निकासी गरेको त्यहाँको वातावरण विभागले बताएको छ ।

साथै सो कम्पनीलाई १५ लाख युरो जरिवानासहित ५८ हजार ४ सय अभियोजन लागत तिर्न अदालतले आदेश दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here