अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण

बिहिबार, काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

धितोपत्र बोर्डका अध्यक्षका आफन्तको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको पाइएपछि अर्थ मन्त्रालयले यस्तो स्पष्टीकरण सोधेको हो ।

frontline

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करिब १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको समाचार केहीदिन अघि सार्वनजिक भएको थियो।

मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा तीनदिनभित्र बुझाउन भनेको छ ।

स्वार्थ बाझिने र कानुन विपरीत शेयर खरिद गरेको भन्दै बोर्डका अध्यक्ष ढुंगानाको चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here