अर्घाखाँचीमा पहिरोमा पुरिएर मजदुरको मृत्यु

शनिबार, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।

frontline

पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट  पहिरो आएपछी पुरिएका थिए ।

प्रहरी र  स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here