अर्घाखाँचीमा चार जनाले फिर्ता लिए उम्मेदवारी
२६ असोज, अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र जनमोर्चाबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो ।
चार जना उम्मेदवारले संघ र प्रदेशमा उम्मेदवारी फिर्ता लिएसँगै चुनावी मैदानमा २५ जना रहनुभएको छ । यता गठबन्धनको तर्फबाट प्रदेश सभा (क)मा राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य सागर केसी उम्मेदवार बनुभएको छ ।
नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य समेत रहेका ठाकुर कुमार विक (किशोर)ले उम्मेदवारी फिर्ता लिएपछि केसी उम्मेदवारी बन्नुभएको हो ।
प्रदेशसभा ‘क’मा दावी गर्दै आएको जनमोर्चाले सिट नपाएपछी संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएको थियो । अन्तिम समयमा समेत अडान नछोडेपछि विकले बाध्य भएर उम्मेदवारी फिर्ता ल्याउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्