अर्घाखाँचीमा एसियाकै ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिदै

श्रोत : ईन्टरनेट

बिहीबार, सन्धिखर्क । अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिने भएको छ ।

सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका ९ मा अवस्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राख्ने नगरपालिकाका प्राविधिक हरि वोहोराले जानकारी दिए ।

frontline

अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेको रमणीय थलो हो ।

बाइसे राज्यका समयमा राजकाज चलाउने स्थानमा यहाँ हाल भगवती मन्दिर र दरबार छन् । पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । 

लुम्बिनी तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरुलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान मूर्ति स्थापना गर्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।

पन्ध्रौं-सोह्रौं शताब्दीमा अस्तित्वमा रहेको अर्घा राज्यमा जिल्ला राईका सन्तानले राज्य गरेका थिए।

राईबाट शाह, शाहीको रुपमा चिनिने यहाँका राजाले सुरक्षित क्षेत्र चयन गरी पहाडको थुम्कोमा राजधानी बनाई शक्तिपीठको स्थापना गरेका थिए ।

स्थानीय काठ, ढुंगा, इटा, टायल र धातुको संयोजनले निर्माण गरिएको राजदरबार तीनतिर घेरी दक्षिणपट्टी खुला छ । पछि पाल्पा एकीकरणसँगै नेपाल राज्यमा गाभिएको इतिहास छ ।

नगरपालिकाको १ करोड ९९ लाखको लागतमा मूर्ति तथा बेस निर्माण कार्य हुँदै गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

मुना निर्माण सेवाले मूर्ति निर्माण कार्य र ललितपुरमा दक्ष मूर्तिकारहरुले मूर्ति निर्माणको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।

जनविश्वासअनुसार अर्घामा रहेको भगवती मन्दिरमा अर्घको रुपमा दही चढाउँदा देवी निस्किएकोले सोही नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो । पाल्पा एकीकरणसँगै नेपाल राज्यमा एकीकरण भएको यो स्थानबाट हिम श्रृंखलहरु समेत हेर्न सकिन्छ ।

 जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा आर्थिक कारोबार तथा व्यवसायीक कारोबारमा मन्दी आएपछि नगरपालिकाले धार्मिक पर्यटकहरुलाई भित्राउनका मूर्ति स्थापना गर्न थालेको नगर प्रमुख भुसालले बताए ।

स्थानीय सरकार बनेसँगै चहलपहल कम भएको सन्धिखर्क बजारमा चहलपहल ल्याउन पनि अर्घा दरबारसँगै विभिन्न क्षेत्रमा विविध कामहरु भैरहेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले जानकारी दिए । 

गौतम बुद्धको जन्म स्थल लुम्बिनीसँगै गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकहरुलाई अर्घा दरबारमा लैजाने उदेश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका प्राविधिक नारायण पोख्रेलले बताए । 

मन्दिरमा जानका लागि नगरपालिकाको पहलमा सडक समेत पीच हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here