अर्को एक वर्षसम्म कोरोनाको जोखिम कायमै रहन्छ : विश्व स्वास्थ्य संगठन

५ कार्तिक, जेनेभा : विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले खोपको अभावमा अर्को एक वर्षसम्म कोरोनाको जोखिम कायमै रहने जनाएको छ। कतिपय गरिब मुलुकहरु कोरोना विरुद्धको खोपको पहुँचबाट टाढा रहेकाले सन् २०२२ सम्म कोरोनाको संक्रमण कायम रहने डब्लूएचओले बताएको हो।

गरिब राष्ट्रहरुले आवश्यक खोपको मात्रा नपाएकाले कोरोनाले निम्त्याएको महामारी अझै एक वर्षसम्म चल्ने डब्लूएचओले जनाएको हो। डब्लूएचओका वरिष्ठ अधिकारी डा. ब्रुरुस अयलवार्डले कोरोनाले निम्त्याएको महामारीको संकट सन् २०२२ सम्म रहने बताए। उनका अनुसार अफ्रिकाका जनताहरु कोरोना विरुद्धको खोपको पहुँचबाट बाहिर छन्। 

frontline

अफ्रिका बाहेका अन्य महादेशमा ४० प्रतिशत जनताले कोरोना विरुद्धको खोप लगाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अफ्रिका महादेशका ५ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन्। डब्लूएचओले स्वास्थ्यमा समान हक हुनुपर्ने भन्दै औषधी उत्पादक कम्पनीहरुले कम आय भएका मुलुकहरुलाई खोप उपलब्ध गराउनु पर्ने समेत भनेको छ। 

प्रतिक्रिया दिनुहोस्

poster-here