अरिङ्गालले टोकेर गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु

५ कार्तिक, धनकुटा : अरिङ्गालले टोकेर गम्भीर घाइते बनेका पाख्रिवास नपा–२ का ६७ वर्षीय डम्बरबहादुर अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ।

गम्भीर घाइते बनेका उनको विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार राती १० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता दिपककुमार रायले बताए। 

frontline

घाँस काट्ने क्रममा अरिङ्गालले टोकेपछि अनुहार, घाँटी हातखुट्टा लगायत शरीरका विभिन्न अंगमा अरिङ्गालले टोकेको थियो। बेहोस बनेका अधिकारीलाई तत्कालै जिल्ला अस्पताल धनकुटामा उपचारको लागि ल्याइएको थियो। 

जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि तत्कालै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि धरानले नोबले शिक्षण अस्पतालमा रेफर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here