अमेरिकी सर्वोच्च अदालतको फैसलामा अवैध मानिसहरु प्रभावित

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई निर्देशन दिएको छ ।

अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिएकी हुन् ।

frontline

यो निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर अहिले टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशामा बसेका मानिसहरु प्रभावित हुनेछन् ।

अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको थियो ।

अहिले सर्वोच्च अदालतले उक्त आवाजको सम्बोधन गरे पनि यसको स्थायी समाधान भने अमेरिकी संसद्ले मात्र दिन सक्ने जानकारहरुले बताएका छन् ।

अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा सर्वोच्च अदालतले यस्तो फैसला सुनाएको हो ।

यसरी अवैधरुपमा अमेरिका प्रवेश गरेका मानिसहरु स्थायी बसोबासको लागि योग्य नहुने अदालतको ठहर छ ।

अमेरिकाको टीपीएस कार्यक्रममा नेपालसहित संकट तथा युद्धको सामना गरेका अन्य १० मुलुक छन् ।

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here