अमेरिकी दूतावासका सबै सेवा बन्द

सबै सेवा निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने
दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाण्डु वरपर नजान समेत निर्देशन
काठमाण्डु । अमेरिकी दूतावासले बुधबारदेखि भिसा लगायतका सेवा बन्द गरेको छ । कोरोनाभाइरस संक्रमण र काठमाण्डु उपत्यकामा गरिएको निषेधाज्ञाको कारण सेवा बन्द गर्नुपरेको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ ।




भिसाका लागि लिइएका अपोइनमेन्ट पनि अहिलेलाई स्थगित भएको जनाएइएको छ । सबै सेवा निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने दूतावासले जनाएको छ ।
यस्तै दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाण्डु वरपर नजान समेत निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्