अमेरिकी खोप लगाएका २८ को मृत्यु भएसँगै दक्षिण अफ्रिकामा अनुसन्धान शुरु

काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।

सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए । सहप्राका अनुसार कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३ हजार ७३० जनामा कोरोना खोपको असर देखिएको थियो ।

frontline

उनीहरुमध्ये २७९ जनाको अवस्था चिन्ताजनक थियो भने २८ जनाको मृत्यु भएको हो । साहप्राकी सीईओ बोइटुमेलो सेमेटे माकोकोट्लेका अनुसार नियामकहरुले अहिले कोरोना खोप लगाएका मानिसहरुमा देखिएको असरबारे अध्ययन गरिरहेका छन् ।

‘कोरोना खोप लगाएका केही मानिसको मृत्यु भएको छ र यस विषयमा अध्ययन चलिरहेको छ । कोरोना खोप अभियान जारी रहे पनि हामीले मृत्युका घटनालाई नियालिरहेका छौं र आगामी दिनमा पनि नियमन जारी रहनेछ,’ उनले भनिन् ।

अहिलेसम्म दक्षिण अफ्रिकामा ५५ लाख मानिसले कोरोना खोप लगाएका छन् । जसमध्ये १० लाख मानिसलाई जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ भने बाँकी ४५ लाखले फाइजरको खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here