अमेरिकी आक्रमणको पूर्वसूचना लिक, कसरी भयो सम्भव ?

ट्रम्प प्रशासनका उच्चपदस्थ व्यक्तिहरुको अति गोप्य च्याट ग्रुपबाट अमेरिकाले हुथी विद्रोही विरुद्ध गर्न लागेको आक्रमणको पूर्वसूचना लिक भएपछि हंगामा भएको छ ।

१२ चैत, काठमाडौं । अमेरिकी सेनाको अर्को हमला कहिले र कहाँ हुन्छ ? यो न तपाईंलाई थाहा छ, न हामीलाई । तर, एक जना पत्रकारले भने यो संवेदनशील जानकारी प्राप्त गरिसकेका छन् । जानकारी चुहाउने कोही विद्रोही सैनिक वा विदेशी गुप्तचर एजेन्ट होइन, बरु अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी नै रहेका छन् ।

frontline

राष्ट्रपति ट्रम्पको प्रशासनले यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको आक्रमणको जानकारी एक निजी सामाजिक सञ्जाल च्याटमा साझा गरिएको पुष्टि भएको छ । उक्त च्याट ग्रुपमा द एटलान्टिक पत्रिकाका एक पत्रकार जेफ्री गोल्डबर्गलाई पनि गल्तीले थपिएको थियो ।

च्याट ग्रुपमा पत्रकारलाई कसले थप्यो ?

यस च्याट समूहमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज स्वयंले द एटलान्टिक पत्रिकाका पत्रकार गोल्डबर्गलाई थपेका थिए । समूहका अन्य सदस्यहरूमा उपराष्ट्रपति जेडी भेन्स, सीआईए निर्देशक जोन र्‍याटक्लिफ, ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्स र रक्षा सचिव पीट हेगसेथ रहेका थिए ।

च्याटमा के कुरा भइरहेको थियो ?

पत्रकार गोल्डबर्गले आफ्नो लेखको सुरुआतमा लेखेका छन्, ‘दुनियाले १५ मार्चका दिन १८ः०० (जी.एम.टी.)अपराह्न २ बजे केही समयअघि थाहा पायो कि अमेरिका यमनमा हुथी विद्रोहीहरु बसिरहेको स्थानमा बमबारी गरिरहेको थियो ।’

तर, पत्रकार गोल्डबर्गका अनुसार, उनले पहिलो बम विस्फोट हुनु भन्दा दुई घण्टा पहिल्यै थाहा पाएको थिएँ । यसको कारण के थियो भने, बिहान ११ः४४ बजे १५ः४४ (जी.एम.टी.) रक्षा सचिव पीट हेगसेथले मलाई प्रत्यक्ष रूपमा युद्ध योजना पठाएका थिए ।’

यस च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को हमलाको विस्तृत जानकारी थियो ।

ट्रम्प प्रशासनद्वारा गल्ती स्वीकार

यसबारे ट्रम्प प्रशासनले एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको छ । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता ब्रायन ह्यूजेसले भनेका छन्, ‘हाल रिपोर्ट गरिएका सन्देशहरू वास्तविक देखिन्छन् । हामी यसबारे समीक्षा गरिरहेका छौँ कि कसरी अनजान फोन नम्बरलाई च्याट समूहमा थपियो ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

साथै, उनले द एटलान्टिक पत्रिकामाथि कटाक्ष गर्दै भनेका छन्, ‘म त्यस पत्रिकाको ठूलो प्रशंसक होइन । मेरो विचारमा, यो पत्रिका व्यवसायबाट बाहिर जान लागेको छ । मलाई लाग्छ, यो कुनै पत्रिका नै होइन । तर, यस विषयमा मसँग जानकारी छैन ।’

अमेरिकी| आक्रमण आक्रमण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here