अमेरिकाले सहयोग रोके युक्रेनको अवस्था के होला ? रुसलाई कति फाइदा पुग्छ ?
करिब ५ वर्षदेखि रुससँग युद्ध लडिरहेको युक्रेनसामु अहिले नयाँ सङ्कट खडा भएको छ। जुन अमेरिकाको हतियार र जासुसी सूचनाको भरमा युक्रेनी सेनाले रुसी आक्रमणको सामना गरिरहेको छ, त्यही देशका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ।
ट्रम्पले एक साताभित्रै यस्ता ४ वटा कदम चाले, जसले युक्रेनको अप्ठ्यारा बढाएको छ। अब प्रश्न उठ्छ– यदि ट्रम्पले युक्रेनलाई सैन्य सहयोग र जासुसी सूचना दिन बन्द गरे भने जेलेन्स्कीको सेनाको अवस्था के होला ? के युक्रेनले अमेरिकी सहयोगविना रुसको सामना गर्न सक्ला ? र, ट्रम्पको बदलिएको रबैयाबाट पुटिनलाई कति फाइदा पुग्ला ?
आउनुहोस्, पछिल्ला केही घटनाक्रम हेरौं:
९ अक्टोबर: बढ्दो डिजेलको मूल्यको दोष युक्रेन युद्धलाई
ट्रम्पले अमेरिकामा बढिरहेको डिजेलको मूल्यको कारण रुस–युक्रेन युद्धलाई मानेका छन्। यसपछि उनले रुसी डिजेलको बिक्रीमा लागेको प्रतिबन्धमा अस्थायी छुट दिए। यसबाट इन्धनको मूल्य घटाउन मद्दत पुग्ने उनको भनाइ थियो।






प्रतिक्रिया दिनुहोस्