अमेरिकाले युक्रेनलाई दियो विमान एवं क्षेप्यास्त्र खसाल्न सक्ने सयौं ‘स्टिङ्गर मिसाइल’

 २० फागुन, काठमाडौं । अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्र खसाल्न सक्ने सयौं ‘स्टिङ्गर मिसाइल’ दिएको छ ।

अमेरिकाले युक्रेनलाई सयौं संख्या बराबरका स्टिङ्गर मिसाइल पठाएको संसदीय स्रोतलाई उद्धृत गर्दै एनबीसी समाचार माध्यमले जनाएको छ । सोमबार मात्रै दुई सयभन्दा बढी स्टिङ्गर मिसाइल पठाइएको पनि समाचारमा उल्लेख छ ।

frontline

गत हप्ता घोषणा गरिएको ३५ करोड डलर बराबरको घातक एवं गैर-घातक सहायता प्याकेजअन्तर्गत युक्रेनमा स्टिङ्गर मिसाइल पठाइएको हो ।

उक्त सहायता प्याकेजमा अमेरिकाले युक्रेनलाई ज्याभेलिन नामक एन्टी ट्याङ्क मिसाइलसहितका हातहतियार समेत उपलब्ध गराउने उल्लेख छ ।

रुससँग युद्ध जारी रहेका बेला अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्रभेदी एन्टी ट्याङ्क मिसाइल पठाएको हो ।

अमेरिकामा बनेको उक्त मिसाइललाई काँधमै बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । साथै, यसलाई सडक वाहन एवं हेलिकप्टरबाट समेत प्रहार गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here