अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

श्रोत : ईन्टरनेट

बिहिबार, काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ ।

frontline

यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी)ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here