अमेजनले १८ हजार बढी कर्मचारी हटाउदै

२१ पुस, वासिङटन डिसी । अमेरिकाको प्राविधिक इन्डस्ट्रुीमा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने प्रक्रिया बढिरहेको छ।

ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारी हटाउने घोषणा गरेको छ।

frontline

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीको नाममा लेखेको नोटमा यो जानकारी दिएका छन्। उनले आउँदो जनवरी १८ देखि प्रभावित कर्मचारीले सूचना पाउन थाल्ने बताए।

निकाल्ने कर्मचारीको संख्या १८ हजारभन्दा बढी रहेको बताइएको छ। यो कम्पनीको कुल तीन लाख कर्मचारीको ६ प्रतिशत हो।

अमेजनले नोभेम्बरमा लागत घटाउनका लागि आफ्ना केही कर्मचारीहरूलाई निकाल्ने जानकारी दिएको थियो।

एन्डी जस्सीले भने, ‘हामी यस कदमबाट प्रभावित कर्मचारीलाई मद्दत गर्ने प्रयास गरिरहेका छौं। हामीले हाम्रा कर्मचारीहरूलाई आर्थिक सहायता र संक्रमणकालीन स्वास्थ्य बीमाका साथै अन्य कम्पनीहरूमा काम खोज्नका लागि सहयोग समावेश गर्ने प्याकेज प्रस्ताव गरिरहेका छौं।’
 
यससँगै उनले अमेजनले यसअघि पनि अर्थतन्त्रको खराब समयलाई पार गर्न सफल भएको र भविष्यमा पनि निरन्तरता दिने लेखेका छन्।

विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अमेजनको व्यापार विश्वका धेरै देशहरूमा फैलिएको छ। यसको अमेरिका तथा भारत र युरोपसम्म सबै देशमा कार्यालय र कर्मचारी छन्।

तर कम्पनीले अहिलेसम्म कुन कुन देशमा आफ्ना कर्मचारीहरूलाई यो कदमले असर पार्छ भन्ने कुरा बताएको छैन। बीबीसी 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here