अमरनाथ गएका तीर्थयात्रीको आँधी र वर्षाका कारण १६ को मृत्यु, ३५ जना बेपत्ता

२५ असार, एजेन्सी । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बाढीमा परेर १६ जनाको मृत्यु भएको छ, ४५ जना घाइते भएका छन् भने ३५ जना बेपत्ता भएका छन् ।

frontline

भारतीय सेनाको नेतृत्वमा एनडीआरएफ, एसडीआरएफ र आईटीबीपीको टोली उद्धार र राहतमा खटिएको छ ।

जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले विपद्माथि निगरानी राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटनाबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here