अब निर्वाचन रोकिन्न : एनआरएनए अभियान्ता

८ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले अब निर्वाचन नरोकिने बताएकाब छन् । मार्च २१ र २२ मा तय भएको निवाचन अब कुनै पनि हालतमा नरोकिने उद्घोष गरेका छन् । 

 गैरआवासीय नेपाली संघको निर्वाचनको तयारीको लागि टिम बद्री केसीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संघको निर्वाचन हुन ढिलाइ हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको बताए । 

frontline

संघको गत अक्टोवरमा तय भएको १० औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरुले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश पोखे ।

करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रकृया अघि बढी सकेको बताउँदै उच्चस्तरीय समितिका दुई जना सदस्य निर्वाचन रोक्न लागि परेको आरोप लगाए । 

उनले उच्चस्तरीय समितिका सदस्यलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य म्यान्डेट नभएको बताए । उच्चस्तरीय समितिका सदस्यहरु म्यान्डेटभन्दा बाहिर गएर मिलाउन भन्दा समस्या बल्झाउने दिसामा लागेको नियत देखिएको उनको भनाइ छ । 

उनले संघको अभियान गिजोलिएको बताउँदै संघको अभियानलाई अन्डरमान्ड नगर्न अनुरोध गरे । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको आरोप लगाए । 

संघका महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रकृयामा परराष्ट्र मन्त्रालयले हद भन्दा बाहिर गएर हस्तक्षेप गरेका कारण बाध्य भएर अदालतमा जानुपरेको बताए ।

उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिए पछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव गराउन चाहेका कारणले निर्वाचन ढिलाइ भएको बताए । 

उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोष पोखे ।

उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर ४ देश बाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए ।

उनले संस्थापन पक्षले असन्तुष्ट पक्षलाई समेटेर लैजान हदैसम्मको लचकता अपाएको बताए । शर्माले भने,‘असन्तुष्ट पक्षलाई समेटेर लैजान अध्यक्षले हदैसम्मको लचिलोपन देखाउनु भएको छ ।’

 उनले संघका पूर्वअध्यक्ष शेष घलेले संघको आन्तरिक मामिलामा हस्तक्षेप मात्र नभई निर्वाचित कार्यसमितिको कार्यकारी अधिकार लिन खोज्नु गलत भएको बताए ।उनले संघको निर्वाचन प्रकृया लम्बिदै जाँदा संघका मूल मुद्दा अन्योलपुर्ण बनेको बताए ।  

संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बाहना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताए । ‘संघभित्र विवाद  नीतिको होइन नियतिको हो’ उनले भने ।  

उनले मध्यपूर्व लगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिसामा लैजाने खतरा बढेको बताए बताए । उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण  भएको उनको भनाइ छ । क्षेत्रीले सहमतिको आधारमा नयाँ नेतृत्व छान्न सकिने तर्क गरे ।

संघका सल्लाहकार टिबी कार्कीले उच्चस्तरीय समिति गठन प्रकृया नै त्रुटिपूर्ण रहेको बताए । उनले उच्चस्तरीय समितिका सदस्यको चयन गलत तरिकाले भएको हुँदा संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन नसकेको बताए । 

उनले कुनै उम्मेदवारको पक्षमा लागेका व्यक्तिले निष्पक्ष निर्णय दिन नसक्ने बताए । उच्चस्तरीय समितिका सदस्यले एक गुटको पक्षको पक्षपोषण गरेको प्रति खेद व्यक्त गरे ।गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । 

उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरि गतिविधि अघि बढाएको बताए । उनले अफ्रिका क्षेत्रका प्रतिनिधि कटौतीको प्रस्ताव गरिनु अधिनायकबाटको चरण रुप भएको बताए । उनले यस्ता दुष्कर्म नगर्न समेत चेतावनी दिए ।

संघका सचिव गौरी राज जोशी र रामशरण सिमखडाले सञ्चालन गरेको कार्यक्रममा संघका विभिन्न देशका एनआरएनए अध्यक्षहरुले तोकिएको समयमै निर्वाचन गर्नुको विकल्प नभएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here