अबको दुई वर्षमा सबै घरमा बिजुली बाल्ने योजना छ : ऊर्जामन्त्री भुसाल

फाइल तस्बिर

८ चैत, रुकुम पश्चिम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षमा सबै घरमा बिजुली बाल्ने गरी कार्यक्रम तयार पारिएको बताएकी छन् ।

सबै नेपालीका घरघरमा दुई वर्षभित्रै बिजुली बल्ने गरी योजना बनाएर कार्यान्वयनको चरणमा समेत लागिएको मन्त्री भुसालको भनाइ छ ।

frontline

मुसीकोट नगरपालिका ३ मा निर्माण भएको विद्युत् सबस्टेसनको सोमबार उद्घाटन गर्दै मन्त्री भुसालले आधारभूत आवश्यकताको रुपमा रहेको बिजुली सबै नेपालीको घरघरमा पुर्‍याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइन् ।

त्यसका लागि सरकारले आवश्यक योजना र बजेटको समेत व्यवस्था गरिसकेको उनको भनाइ छ ।

‘भौगोलिक विकटता, सडक असुविधा लगायत कारणले समयमै कति काम सम्पन्न नभएका हुन सक्छन्,’ मन्त्री भुसालले भनिन्, ‘अब कुनै पनि बहानामा विद्युत् विस्तार, विद्युतीकरणको काम नरोकियोस् भन्नेतर्फ सरकारले ध्यान दिइरहेको छ ।’

विद्युत्‌को पहुँच नपुगेको ठाउँमा विद्युतीकरणमा जोड दिएर जनताको दैनिकीलाई सजिलो बनाउने सरकारको प्राथमिकता रहेको मन्त्री भुसालको भनाइ छ ।

उनले जिल्लाका आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकाका अन्य विकासे योजनाको अनुगमनसमेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here