अफ्रिकामा सङ्क्रमितको सङ्ख्या ८३ लाखभन्दा बढी

अदिस अबाबा, १६ असोज (रासस÷सिन्ह्वा) ः अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।

अफ्रिकी संघ (एयू) को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामारीको कारण मर्नेहरूको सङ्ख्या दुई लाख ११ हजार ५३० पुगेको छ ।

frontline

यहाँ करिब ७६ लाख ५१ हजार ८०० कोभिड–१९ सङ्क्रमित बिरामीहरू निको भइसकेका छन् । दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया महादेशमा सबैभन्दा धेरै कोभिड सङ्क्रमित भएका देशमध्ये पर्दछन् ।

सङ्क्रमणका हिसाबले दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यसपछि महादेशको उत्तरी र पूर्वी भागहरू बढी प्रधावित बनेका छन् भने महादेशको मध्यक्षेत्र यस क्षेत्रको सबैभन्दा कम प्रभावित भाग हो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here