अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकुको मृत्यु

श्रोत : ईन्टरनेट

काठमाडौं । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकुको मृत्यु भएको सेनाले जनाएको छ ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकुलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । 

frontline

कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् ।  सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए । 

बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here